चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक

काठमाडौँ। फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक एक्सन प्याक टिजरले दर्शक माझ थप कौतुहलता बढाउने देखिन्छ। टिजर हेर्दा कलाकारले निकै नै मेहनत गरेको देखिन्छ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । नाजिरले चलचित्रमा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । चलचित्रको वितरण डिसीएनले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ४, शुक्रबार २२:२८‘ककाकिकी’को रिलिज मिति घोषणा, भदौ १९ देखि प्रदर्शनमा
समाचार२०८३ बैशाख ४, शुक्रबार २१:१७धादिङबेशीमा मातातिर्थ औँशी लक्षित बजार अनुगमन
समाचार२०८३ बैशाख ४, शुक्रबार २०:०७घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन
खेलकुद२०८३ बैशाख ४, शुक्रबार ११:५३यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा








