पाेखरामा जुवातास खेल्ने र खेलाउने ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोक, हिमालीटोलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
बिहिबार साँझ पाैने ५ वजे स्थानीय प्रहरी टोलीलाई जुवा खेल्ने गतिविधिको बारेमा सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको टोली घटनास्थलमा पुगेको थियो।
पक्राउ परेका व्यक्तिहरूसँग नगद रकम रू. ६७,५६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४०, र ४ बुक तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।
पक्राउ गरिएका ९ जना व्यक्तिहरूसँग जुवा खेल्न र सट्टेबाजीमा संलग्न हुने आरोपमा सार्वजनिक हित, स्वास्थ्य र नैतिकता विरुद्धको मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै, अभियुक्तहरूको ६ दिनको म्याद थप गरिसकेको छ।
कास्की प्रहरीले जुवा र सट्टेबाजीलाई नियन्त्रणमा लिनका लागि कडा निगरानी राख्ने र कुनै पनि व्यक्तिलाई कानूनभन्दा बाहिरको गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21376, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









