गण्डकी प्रदेशले अघि बढायो दोश्रो पञ्चवर्षीय योजना तर्जुमा

नवलपुर– गण्डकी प्रदेश सरकारले आगामी पाँच बर्ष भित्र प्रदेशलाई थप समुन्नत र बिकासशील प्रदेशका रुपमा अगाडि बढाउने उद्देश्य निर्धारण गर्दै दोश्रो पंचबर्षीय योजना तर्जुमाका प्रक्रिया अघि बढाएको छ ।
योजना तर्जुमाका लागि प्रदेश योजना आयोगले पूर्वी नवलपरासीको हर्कपुरमा योजना तथा नीति निर्माणका लागि सुझाब संकलन तथा छलफल कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन पूर्वाधार बिकास,सेवा सुबिधाको बिस्तार पर्यटकीय गतिबिधि,र लगानी आर्कषण गरि गण्डकी प्रदेशलाई पर्यटकीय गन्तब्यका रुपमा बिकास गरिने प्रदेश सरकारको पहिलो लक्ष्य रहेकोमा जोड दिनुभयो ।
निर्बाहामूखी परम्परागत खेती प्रणलीलाई यान्त्रीकरण र ब्यबसायीकरण गर्दै तुलनतात्मक लाभका उच्च प्रतिफलयुक्त कृषि उपजको प्रर्बद्धन र ब्यबसायिक कृषिमा आर्कषण सिर्जना गर्नु योजनको मुख्य लक्ष्य हुने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
प्रदेशका कृषि तथा भूमि ब्यबस्था मन्त्री महेन्द्रधवज जीसीले उत्पादन ,ब्यापार र निर्माण क्षेत्रको सबलीकरण गरि अर्थतन्त्रलाई गतिशिल बनाएर अघि बढने संकल्प प्रदशेले राखेको बताउँदै सबै तहको सरकार र शासकीय साझेदारको अन्तरसम्बन्धलाई सबलीकरण र सुदृढिकरण गरेर अघि नबढदा् सम्म प्रदेशको बिकास सम्भब नभएको र यसलाई अबिलम्ब अघि बढाउनु पर्नैमा जोड दिनुभयो ।
यसै गरी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले अर्थतन्त्रको सुदृढिकरणका लागि तीनै तहको सरकारले आआफनो दायरा स्पष्ट पार्नुुपर्नै र त्यसका आधारमा मात्र नीति र कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देबकोटाले गण्डकी प्रदेश सरकारले समावेशी सन्तुलित र दिगो आर्थिक सामाजिक गन्तब्य पहिचान गरि पाँच बर्षमा गण्डकी सरकारले लागू गर्ने दीर्घकालिन योजनाहरुको सुदृढिकरण गर्दै प्रदेशको बिकास गर्ने नीति लिएको बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न