‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ मा रिलिज

काठमाडौँ। आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश पात्रलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको दाम्पत्य द्वन्द्व देखाइएको छ भने छिमेकीका रूपमा देखिएका सौगात मल्ल र सिर्जना अधिकारीको जोडी सन्तुलित देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्दै हिँड्ने घटनाक्रमले कथा भावुक र गम्भीर दिशातर्फ अघि बढ्ने संकेत गरेको छ ।
मार्मिक दृश्य र संवादमार्फत ट्रेलरले फिल्मको कथावस्तु सामाजिक द्वन्द्व र मनोवैज्ञानिक संघर्षमा आधारित रहेको झल्को दिन्छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका भावनात्मक तथा मनोवैज्ञानिक पक्षलाई उठान गर्ने अपेक्षा गरिएको छ । ट्रेलरमा प्रयोग गरिएको आगोको प्रतीक र अँध्यारो पृष्ठभूमिले कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ ।
हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाको लेखन रहेको फिल्ममा छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन् ।
फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् । ५.१ मिक्सिङ मुकेश शाहको रहेको छ ।
पाश्र्व संगीत किरण तुलाधरको रहेको फिल्ममा संगीत शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतले दिएका छन् । गीतकारमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूत रहेका छन् ।
भेषभूषा डिजाइन सुजन परियार, मेकअप मदन न्यौपाने र हेयर स्टाइलिङ रोनिशा अधिकारीले गरेका छन् । कला निर्देशन प्रतिक चौधरीको रहेको फिल्मको पोस्टर आइडियल डिजाइनर्सले तयार पारेको हो ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने ओएसआरले ओटीटी अधिकार लिइसकेको छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामाथि आधारित यो फिल्मको यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न








