चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर रबि देखि मदनकृष्णसम्मले गरे तारिफ

चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर रबि देखि मदनकृष्णसम्मले गरे तारिफ

काठमाडौं। यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। चलचित्रले उठान गरेको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घन्टा ३८ मिनेटसम्म पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको सहभागीहरूले बताएका छन्।

प्रिमियरपछि चलचित्रका कलाकारहरूको अभिनयको प्रसंशा भएको छ। अभिनेता विजय बरालको स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यसपटक पनि कायम छ भने नायिका वर्षा राउतले आफ्नो करियरकै हालसम्मको उत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकबाट तारिफको वर्षा भएको छ। यसैगरी, टेलिभिजनका विभिन्न शोहरूमा कमेडी कलाकारको रूपमा चिनिएका मेक्सम गौडेलले यस चलचित्रमार्फत ठूलो पर्दामा आफूलाई बलियो रूपमा उभ्याएका छन्। उनको उपस्थितिलाई चलचित्रको एक प्रमुख ‘प्लस पोइन्ट’ मानिएको छ।

चलचित्र हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने पनि प्रिमियरमा पुगेका थिए। यस चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नैपर्ने कथा चलचित्रले उठाएको प्रतिक्रिया दिए। चलचित्र हेरुन्जेल आफू कतै पनि निराश र बोर नभएको भन्दै उनले पत्रकारहरूसँग भने, “मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ। यो चलचित्र निकै राम्रो छ। कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। आम दर्शक भएर हेर्दा यो चलचित्र निकै राम्रो छ। निर्देशक नयाँ भए पनि नयाँले बनाएको चलचित्र जस्तो लाग्दैन। म यो चलचित्र हेरेर हाँसे पनि, इमोसनल पनि भएँ।”

सभापति लामिछानेका अतिरिक्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि चलचित्र हेरेर यसको भरपुर प्रसंशा गरेका थिए। प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत चलचित्र युनिट, विभिन्न ओहदाका व्यक्तित्वहरू, सञ्चारकर्मी, परिवारका सदस्यहरू तथा सङ्गीत र चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित सबैबाट चलचित्रले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ।

यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master