
एजेन्सी । रुसले तेलको अधिकतम मूल्य तोकेका पश्चिमा राष्ट्रहरूलाई तेल नबेच्ने घोषणा गरेको छ ।
जी ७मा आबद्ध राष्ट्रहरू, अस्ट्रेलिया र युरोपेली सङ्घले डिसेम्बर ५ देखि लागू हुने गरी तेलको अधिकतम मूल्य तोकेका थिए ।
तोकेको मूल्य अनुसार रुसबाट आउने तेलको अधिकतम मूल्य प्रति ब्यारल ६० अमेरिकी डलर तय गरिएको थियो ।
रुसले अधिकतम मूल्य तोक्ने कुनै राष्ट्रलाई पनि तेल नबेच्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
तपाइँको प्रतिक्रिया ?
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार