कोशी टप्पुलाई चितवन राष्ट्रिय निकुञ्जको उपहार: पुष्पा र अञ्जली

सप्तरी- पर्यटन वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट सप्तरी ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई आज (बुधवार) कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ स्थित पथरीबाट क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैँडालाई छाडिएको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका प्रमुख वार्डन रमेश यादवले जानकारी दिनुभयो ।

यसैबीच विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर वन्यजन्तु उद्दार केन्द्र तथा एकसिंगे गैंडा स्वागत कार्यक्रमलाई उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले आरक्ष क्षेत्र नजिक रहेका नागरिकमाथि जनावरको आक्रमण तथा न्यूनीकरणका लागि नेपाल सरकारले आउने दिनमा विभिन्न उपायहरू अपनाउने बताउनुभयो ।
परिवार वढाउन अहिले पुष्पाञ्जली लाई ल्याइएको हो भने केही दिनमै विरु अर्थात एउटा भाले गैंडा ल्याएर उनीहरूको सुन्दर र बृहत्त परिवार विकास गर्नको लागि मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री महतोले बताउनुभयो ।
राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी टप्पु क्षेत्रमा ल्याई छाडिएको प्रमुख वार्डन यादवले बताउनुभयो ।
ती दुवै पोथी गैँडा हुन । गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।

अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन । चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै खोरमा राखेर ल्याइएको गैंडा सोमबार कोशी टप्पु पुर्याइएको थियो ।
गैंडा हस्तान्तरण समारोहमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मन्त्रालयका निमित्त सचिव जगनाथ प्रसाद जयसवाल सहितको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार ०१:११‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २१, बिहीबार २२:१७चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार २१:४४कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार १६:४६देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम भोलि पनि








