कोशी टप्पुलाई चितवन राष्ट्रिय निकुञ्जको उपहार: पुष्पा र अञ्जली

सप्तरी- पर्यटन वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट सप्तरी ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई आज (बुधवार) कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ स्थित पथरीबाट क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैँडालाई छाडिएको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका प्रमुख वार्डन रमेश यादवले जानकारी दिनुभयो ।

यसैबीच विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर वन्यजन्तु उद्दार केन्द्र तथा एकसिंगे गैंडा स्वागत कार्यक्रमलाई उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले आरक्ष क्षेत्र नजिक रहेका नागरिकमाथि जनावरको आक्रमण तथा न्यूनीकरणका लागि नेपाल सरकारले आउने दिनमा विभिन्न उपायहरू अपनाउने बताउनुभयो ।
परिवार वढाउन अहिले पुष्पाञ्जली लाई ल्याइएको हो भने केही दिनमै विरु अर्थात एउटा भाले गैंडा ल्याएर उनीहरूको सुन्दर र बृहत्त परिवार विकास गर्नको लागि मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री महतोले बताउनुभयो ।
राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी टप्पु क्षेत्रमा ल्याई छाडिएको प्रमुख वार्डन यादवले बताउनुभयो ।
ती दुवै पोथी गैँडा हुन । गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।

अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन । चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै खोरमा राखेर ल्याइएको गैंडा सोमबार कोशी टप्पु पुर्याइएको थियो ।
गैंडा हस्तान्तरण समारोहमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मन्त्रालयका निमित्त सचिव जगनाथ प्रसाद जयसवाल सहितको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १४:०४भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने







