मध्यरातमा अवैध ढुङ्गा चोरी निकासी गर्ने जेसिबी र टिपर नियन्त्रणमा

पाल्पा- पाल्पामा अवैध ढुङ्गा चोरी निकासी गर्ने जेसिबी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै अवैध रुपमा ढुङ्गा उत्खनन् गरी निकासी गरेको अवस्थामा दुई वटा जेसिबी र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त क्षेत्रमा रातिको १२ बजे अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट प्रहरी नायव निरीक्षकसहितको टोलीले बाग्मती प्रदेश ०१–००३ प ९१९४ नम्बरको चेनवाला जेसिबी, प्रदेश ३ ०१–०३ क ६७७७ नम्बरको जेसिबी तथा लु २ ख ३६६२ र लु २ ख ३९६४ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार नियन्त्रणमा लिएका चारैवटा सवारीलाई आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकामा बुझाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







