बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुने बढ्दै

मान्म (कालीकोट), १६ असोज । कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा कालीकोटमा २० वर्ष मुनिका गर्भवतीको सङ्ख्या तीन सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्याङ्कमा छ । उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सङ्केत विश्वकर्माले बताए ।
“समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको छ, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य एकाइमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका पाइएको छ, नौ पालिकामध्ये सात पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको छ”, उनले भने, “हामीले नियमित रुपमा जनचेतनाका काम गर्दा पनि बालविवाह र कलिलै उमेरमा आमा हुनेको सङ्ख्या बढेको छ ।”
सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराउने गरेको र स्थानीय तह तथा जिल्ला अस्पतालमार्फत सुत्केरी सेवा सञ्चालन गर्दै आएको डा. विश्वकर्माले जानकारी दिए ।
“स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जीर्ण रहेका छन्”, उनले भने, “बर्थिङ सेन्टर ३७, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ रहेका छन् ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ






