बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण

काभ्रेपलाञ्चोक, १६ असोज । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिकमार्फत सुरु गरेको स्वास्थ्य परीक्षण अभियानमार्फत स्थानीयमा के कस्ता रोग छ भन्ने तथ्याङ्क सङ्कलनसमेत भइरहेको जनाएको छ ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि तत्कालीन र दीर्घकालिन स्वास्थ्य नीति बनाउने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । “उपलब्ध स्रोतसाधानले भ्याएसम्म अधिकतम सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ”, उनले भने । वडास्तरका क्लिनिकमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइन्छ ।
क्लिनिकमा बालबालिका, गर्भवती, जेष्ठ नागरिकको पनि स्वास्थ्य जाँच तथा परामर्श दिइन्छ । समयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्यप्रति सचेत रहन नगरले अपील गरेको छ । नगरपालिकाले यही असोज १२ गतेदेखि तेस्रो चरणको अभियान सञ्चालन गरेको हो ।
क्लिनिकमा नसर्ने रोगको उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिँदै आइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले बताए । उनका अनुसार यसअघि साउनमा पहिलो चरण र भदौमा दोस्रो चरणको क्लिनिक सञ्चालन गरिएको थियो ।
पहिलो चरणमा चार हजार दुई सय ९६ र दोस्रो चरणमा तीन हजार २८ स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको महतोले बताए ।
यसका अतिरिक्त बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा न ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक शुरुवात गरिएको हो ।
“स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान शुरु गरेका हौँ”, शाक्यले भने ।
नगरका बालबालिका, महिला र जेष्ठ नागरिकका साथ नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभुत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताए । उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारएनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
समाचार२०८० मंसिर १५, शुक्रबारथोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण
समाचार२०८० मंसिर १५, शुक्रबारनक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?
कला, विचार/मनोरञ्जन२०८० मंसिर १५, शुक्रबाररोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)