नेपालगञ्जमा कर्फ्यू : सामाजिक सदभाव कायम गर्न प्रशासनको आग्रह

बाँके- नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुन नदिन कर्फ्यू आदेश जारी गरिएको स्थानीय प्रसाशनले जनाएको छ।
आज ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको थियो ।
ठूलो संख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।बजार क्षेत्रमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित गरिएको छ ।
नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।
सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।
समाजिक र धार्मीक सदभाव भडकाउने गतिविधि गरेमा स्थानीय प्रशासनले कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार १३:१८‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल