चलचित्र ‘परदेशी २’को गीत ‘कुरा सिधा छ…’ सार्वजनिक

काठमाडौं । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् । ‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।
दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा








