बाढीका कारण टापुमा रोकिएका व्यक्तिको सकुशल उद्धार

दाङ- राप्ती नदीमा आएको बाढीका कारण बिच टापुमा फँसेका एक जनाको पाँच घण्टापछी सकुशल उद्धार गरिएको छ । राजपुर गाउँपालिका–३ खरदरीया निवासी ३६ बर्षिय शिवकुमार यादवको सकुशल उद्धार गरिएको हो ।
खरदरीया–गिधेनिया टापुमा यादव फँसेका थिए । नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी सहित स्थानीयको टोलीले डुंगा मार्फत यादवको सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिनुभयो ।
‘भैंसी चराउन गएको बेला बाढी आयो । ५ बजेदेखी राती ९ बजेसम्म टापुरमै अलपत्र हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो, ‘उद्धार टोलीले सकुशल उद्धार गर्न सफल भयो ।’
यस्तै पूर्व पश्चिम राजमार्ग लमही–नेपालगञ्ज सडक खण्डमा ढलेको रुख हटाइएको छ । लमही–७ पद्मीनी सोता नजिक रुख ढलेको थियो । जसले गर्दा आवागमन रोकिएको थियो । सुरक्षाकर्मीको टोलीले ढलेको रुख हटाएपछि यातायात सुचारु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
समाचार२०८२ माघ ३, शुक्रबार १९:३७गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग
समाचार२०८२ माघ ३, शुक्रबार १८:३११६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १७:०२रहस्य र थ्रिलले भरिएको ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक







