आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु

गोरखा, १७ असोज ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ ।
सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो । नेपाल सरकारबाट नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ ।
नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयकोे सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।
त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उहाँले बताउनुभयो । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकामा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ






