इजरायलमै बिलायो नेपाल फर्केर लोकसेवा लड्ने राजनको सपना

डोटी- डोटीको शिखर नगरपालिका-५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए ।
तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ ।
राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’
जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’
छोरा गुमेको खबरले बुबा घनश्याम बेहोस अवस्थामा छन् ।
घनश्यामले ऋण लिएर गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार








