इजरायलमै बिलायो नेपाल फर्केर लोकसेवा लड्ने राजनको सपना

डोटी- डोटीको शिखर नगरपालिका-५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए ।
तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ ।
राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’
जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’
छोरा गुमेको खबरले बुबा घनश्याम बेहोस अवस्थामा छन् ।
घनश्यामले ऋण लिएर गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १८, शनिबार १९:३२संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना, १४ घाइते, १ जनाको अवस्था गम्भीर
समाचार२०८२ श्रावण १८, शनिबार १८:००राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार १३:४७‘बुकी’ २०२६ मा रिलिज हुने, पोस्टर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार १३:०६सीता सुवेदीलाई माग्ने बुढाको सहयोग