Home समाचार इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

1
0
इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं- इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्री एनपी साउदले बताउनु भयो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो जानकारी दिनु भएको हो ।

अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताउनु भयो। स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेको पनि उहाँले जानकारी दिनु भयो ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् । यस्तै दुई सय ६५ विद्यार्थी इजरायलमा थिए । यीमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको छ ।

कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी ‘पढ्दै कमाउँदै कार्यक्रम’ मार्फत एक महिनाअघि इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १० जनाको हमासको आक्रमणबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार २ जना सकुशल, घाइते भएका चार जनाको उपचार भइरहेको र एक जना बेपत्ता रहेका छन् ।

केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित रहेको मन्त्री साउदले बताउनु भयो।परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा अहिले इजरायल भ्रमणमा नजान आग्रह गर्नु भएको छ ।

मन्त्रिपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको सम्मानमा आज आधा झण्डा झुकाई राष्ट्रिय शोक मनाईएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् : 
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleउपभोक्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम नीलकण्ठमा सम्पन्न
Next articleगजुरी–२ चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा