उपभोक्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम नीलकण्ठमा सम्पन्न

धादिङ्ग,२२ असोज ।
नीलकण्ठ नगरपालिकाको आयोजना र राष्ट्रिय उपभोक्ता मञ्चको सहकार्यमा धादिङ्गबेसीमा उपभोक्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङ्गका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङ्गका प्रहरी प्रमुख गौतम मिश्र,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,वडा नम्बर १२ का अध्यक्ष धर्मराज भण्डारी(राजकुमार) लगायत सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने,नाम मात्रैको अनुगमन भन्दा पनि परिणाम आउने गरी काम गर्नुपर्ने,बधशालाहरु सुधार गर्नुपर्ने,चाडपर्व लक्षित सुपथ पसल सन्चालन गर्नुपर्ने,बजार भाउमा एक रुपता ल्याउनुपर्ने,सवारी भाडा महंगो भएको लगायतको विषयमा गुनासोहरु राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले उपभोक्ताको हक हित,सरकारले गरीरहेको काम,नगरपालिकाले उपभोक्ताहरुको हकहितमा सम्पन्न गरेको कामहरु र आगामी रणनीतिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

सहभागीहरुको गुनासोलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उपभोक्ताहरुलाई समस्या परेर तुरुन्त फोन गर्नको लागि आग्रह गर्नुभएको छ । उपभोक्ताहरुलाई पर्ने समस्याहरुको विषयमा प्रशासन चनाखो रहेको भन्दै बजार अनुगमनलाई तिव्रता दिईएको पनि बताउनु भएको थियो । यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गरेर नगरपालिकाले बजार अनुगमनलाई निरन्तारता दिईरहेको बताउनुभयो । उपभोक्ताहरुको गुनासो आउनसाथ आफुहरुले बजारका पसलहरुलाई कारबाही गरेको भन्दै उहाँले अब बजार अनुगमनलाई गाउँगाउँ सम्म लैजाने स्पष्ट पार्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर २२, आईतवार २१:५३‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक
समाचार२०८२ मंसिर २२, आईतवार २०:४६हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
समाचार२०८२ मंसिर २२, आईतवार १९:१४चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज
समाचार२०८२ मंसिर २२, आईतवार १८:२७पाँच मन्त्रीहरु सहित ५५ जना विरुद्ध भष्ट्रचारको मुद्दा दायर







