दशैँ नजिकिएसँगै रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिए

रसुवा- नेपालीहरुको महान चाड बढादशैँ नजिकिएसँगै चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् ।
चीनको केरुङबाट दुई सय ४५ वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो । रसुवागढी नाका सम्म चीनीया ब्यापारीहरुले भेडा च्याङ्ग्रा ल्याई नेपाली ब्यापारीहरुलाइ दिएपछि रसुवागढी नाकाबाट भेडा च्याङ्ग्रा ल्याइएको हो ।

नेपाल भित्रिएको भेडा च्याङ्ग्राको मूल्य ३० हजारदेखि ३५ हजारसम्म मूल्य पर्ने नेपाली ब्यापारी दिवाकर न्यौपानेले बताउनुभयो । बिगत वर्षको तुलनामा यो वर्ष चीनमै चार हजार देखि पाँच हजारसम्म बढी मूल्य परेकोले धेरै लगानी गर्नु पर्दा कम संख्यामा भेडा च्याङ्ग्रा ल्याइएको उहाँको भनाई छ ।
तिब्बतबाट प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएकोमा गत बर्ष भने नाका बन्द भएका कारण ब्यापारीहरुले भेडा च्याङ्ग्रा रसुवागढी नाका भएर ल्याउन पाएका थिएनन् ।

सुरुमा सामान बाट सटही गरेको अनुभब बताउँदै प्रतिभेडा तथा च्यांग्रा तीन सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको हो । कोभिड–१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थिए ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ






