मनै लोभ्याउने रमणीय दृश्यहरुको सँगालो ‘मनाङ’

मनाङ- नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तपाईं मनाङ पुगेपछि लाग्छ मनाङ हिमालभित्रको जिल्ला हो ।
गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्र्दयले भरिएको जिल्ला हो । लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार (जसलाई माथिल्लो मनाङ) समेत भनिन्छ । त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ ।

मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान जिल्लाका मुख्य बजार क्षेत्र हुन् ।
असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भिड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि जिल्लामा बसोबास गर्ने मानिसको मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र बहादुर घले बताउँछन् ।

पछिल्लो समय मनाङमा सडक बिस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भएपनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागिरहेको घलेको भनाइ छ ।

तथ्याङ्क अनुसार अहिले समयमा एक दिनमा ३ सय ५ जनाभन्दा धेरै विदेशी पर्यटक मनाङ भित्रएका छन् । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशी मात्रै नभएर स्वदेशी पर्यटकको समेत संख्या उल्लेखनीय रहेको छ ।
२०६९ सालमा जिल्लाको सदरमुकाम चामेमा सडक पुगेपछि मनाङमा विकासको गति तिव्र भएको छ । शिक्षा, स्वास्थ्य, विद्युतका काम चलिरहेका छन् ।

एकमात्र जिल्ला अस्पताललाई विस्तार गर्ने कामको समेत थालनी भएको छ । मनाङका हरेक स्थान सुन्दर छन् । यो वा त्यो ठाउँ भन्नु पर्ने नै छैन् ।

तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा, चामेको ताचैंको होमस्टेलगायतका स्थान मनाङ पुग्ने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।।






लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






