भारतबाट ल्याइएको अबैध कुखुरा नष्ट

रौतहट- रौतहटको दक्षिणी क्षेत्र गौरमा भारतीय अबैध ब्रोईलर कुखुरा जिल्ला प्रहरी कर्यालय रौतहटले बरामद गरी नष्ट गरेको छ ।
गौर खुल्ला नाका प्रयोग गरी अबैध रुपमा आज बिहानै करिब ८ बजे तिर २२ वटा, मोटरसाइकलमा गौर लैजादै गरेको ५० किलो बराबर अबैध ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको निर्देशनमा खटिएको टोलीद्धारा बरामद गरिएको अबैध ब्रोइलर कुखुरालाई स्थानीय, पत्रकार र ब्यापारीको रहोवरमा नष्ट गरिएको जनाइएको छ ।
भारतीय अबैध ब्रोईलर कुखुरा लगायतका अवैध सम्पुर्ण सामग्रीहरु नियन्त्रणका लागि नयाँ प्रहरी प्रहरी उपरीक्षक केही दिन यता देखि आफ्नो सक्रियता बढाएको देखिएको छ ।
प्रहरीको आखाँ छल्दै तस्करहरुले अबैध ब्रोइलर कुखुरा, मासु र मासुजन्य पदार्थको तस्करी भने खुल्ला नाकाका कारण नेपाल भित्र्याउने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भने यस्तो अवैधानिक कुनै पनि काम आफ्नो आखाँ अगाडि हुननदिने प्रतिवद्दता व्यक्त गर्नुभयो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने