मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम

मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ टिम प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् । उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर चलचित्र हेर्नुका साथै चलचित्रलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् । मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् । आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  तेजस र समीक्षाको ‘बगरमा घर’ मा आमेश (भिडीयो)
लेखकसँग सम्बन्धित खबरहरु