Home कला, विचार/मनोरञ्जन भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

6
0
भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा छायांकन भैरहेका एक चलचित्रको सेटमा पुगेपछिको अवस्था चित्रण गरिएको छ ।

जहाँ अभिनेत्री आँचल शर्माले छायांकन गरिरहेकी हुन्छिन् । भष्मे डनले उनीसँग फोटो खिच्न चाहान्छ, तर प्रोडक्सनले उनलाई फोटो खिच्नबाट रोक्छन् । त्यसपछि भष्मेले आफ्ना केटाहरु बोलाएर छायांकनमा अवरोध गरेको देख्न सकिन्छ । यो सँगै प्रोडक्सन टिमले भष्मेलाई फकाउन सुटिङ अनुमति लिएको कागज पत्रदेखि सवै देखाएको दृश्यले दर्शकलाई उत्साहित बनाउँछ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल,रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नारायण थापाको स्वर र संगीतमा ‘तिमिलाई नै’ सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleमोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम
Next articleराजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)