इजराइल–हमास युद्धबारे वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले बताएको छ ।
इजराइल–हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशङ्काबीच कुराकानी हुन लागेको बताइएको छ । साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजराइलको कुनै पनि स्थल कारवाहीबाट प्यालेस्टिनी नागरिकहरूको जीवनलाई खतरामा पार्ने र यसले अमानवीय खतरा निम्त्याउने बताएको छ ।
एक्सियोसका अनुसार रक्षामन्त्री बिन सलमानले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान, रक्षामन्त्री लोयड अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कनेसहित केही सिनेटरहरूसँग कुराकानी गर्नुहुनेछ ।
इजराइल–हमास युद्धभन्दा अघिका साताहरूमा साउदी अरबले इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि अमेरिकी नेतृत्वको कूटनीतिमा प्रगति भएको बताएको थियो ।
यसै साताको सुरुमा टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अमेरिकी मध्यस्थतामा कुराकानी ‘अघि बढाउन’ सहमत हुनुभएको थियो । अमेरिकी मध्यस्थतामा इजराइल–साउदी सम्बन्धलाई सामान्य बनाउन कुराकानी भइरहेको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









