गोली प्रहारबाट प्रधानाध्यापकको हत्या: हत्याका योजनाकार एकजना पक्राउ

बारा- बारामा प्रधानाधापकको हत्यामा संलग्न एक जना पक्राउ परेका छन । घटनामा सम्लग्न एक याेजनाकार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भएको छ ।
जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको थियो।
सदरमुकाम कलैया वडा नम्बर ६ मा मोटरसाइकलमा आएका तीन अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका हुन ।
स्वर्णकार अन्नपूर्ण स्विट्स बाट मिठाई किनेर मोटरसाइकलमा बिधालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन ।
कलैया मदर्शा टोल जाने बाटोमा स्वर्णकार माथि गोली प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल बिरगन्जमा पुर्याइएको थियो । अस्पतालमै उहाँको मृत्यु भएको हो ।
अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अस्पतालले मृत्यु घोषणा गरेको जानकारी दिनुभएको थियो । उहाँले चारैतिरका सिसिटिभी हेर्ने, सिमा सिल गर्ने लगायतका अपराधिहरुलाई पक्राउ गर्न सबै उपाय अपनाइएको र थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३७यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३२आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा
खेलकुद२०८२ मंसिर ७, शनिबार ०७:३७एनपिएलमा आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ७, शनिबार ०७:०६जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत







