पोखरा । विश्वमा रहेका अथवा प्रकाशित भएका धेरै पुस्तकहरु तपाईं हामीहरुले पढ्छौ, अझ भनौँ पढ्दै आएका छौ । जसले गर्दा त्यहाँ भएका कतिपय कुराहरु व्यवहार उतारेर व्यवहारिक पनि भएका छौँ, भने कतिपय राम्रा पक्षका कुराहरुले तपाईं हाम्रो त जिवन नै परिवर्तन भएको पनि छ । त्यो स्वयम् तपाईं हामीले नै प्रत्यक्ष अनुभव अथवा अनुभुति गरेका छौँ ।विश्वमा प्रकाशित भएका कतिपय पुस्तकहरु जुन सुकै भए पनि तपाईं हामीलाई मनमा ईच्छा जागो भने त्यसलाई नपढी हामीहरुले छौड्दै-छोड्दैनौ किनकि, त्यो मनले गरेको संकल्प हो, अझ भन्नु पर्दा त उर्जावान शक्तिशाली मनले गरेको संकल्प हो । विश्मा प्रकाशित भएका किताबहरु छानेर किन्न हामीलाई असाध्यै कठिन पनि हुन्छ र मनमा द्वन्द पनि पैदा हुन्छ, जसले गर्दा हामीले पढ्नै पर्ने किताब छुट्छ र केही समयपछि पढे हुने किताब पहिला पढिन्छ र भाग एक नपढी भाग दुई पढ्न पुगिन्छ अनि त्यसपछि कस्तो अनुभव हुन्छ भने आैशिको रातमा बत्ति नै बाल्न भुले जस्तो महशुस हुन्छ तर हुनुपर्ने के हो भने अन्धकारबाट उज्यालो तर्फको ज्ञान हुनुपर्ने हो सही किताब छनौट नभएको अवस्थामा किताब पढ्नेहरुमा त्यो अल्पज्ञानका रुपमा सधै नै रहिरहन पनि सक्छ ।

अब तपाईं हामीले किताब पढ्दा कस्तो पढ्ने अथवा छनौट गर्ने त ?

तपाई हामी विद्यारम्भ गर्नु पूर्वक विद्यार्थी बन्नुपर्छ, जिज्ञासु हुनुपर्छ, प्रश्नकर्ता हुनुपर्छ, अनि त्यसपछि टिपोट गर्ने बानी पनि हुनुपर्छ । अब विश्वमा प्रकाशित भएका किताबहरु मध्ये जति धेरै किताब पढ्दा पनि तपाईं आन्दित हुनुहन्न किन कि पढ्ने व्यक्ति बढि जिज्ञासु हुन्छ तर तपाईंले कतै यो किताब त पढ्न छुटाउनु भएन ? त्यो किताब हो श्रीमद्भागवत गित जसलाई तपाईंको सफताको, ज्ञानको भण्डार अथवा तपाईंको जिवन चलाउने कानुनी किताब भनौ, किनकि यसमा मानिसको जिवनसँग जोडिएका हरेक क्रियाकलाप यसमा पाईन्छन् । यसको प्रयोग स्वयम् माहात्मा गान्धिले गर्नुभएको कुरा माहात्मा गान्धिको जिवनीमा पढ्न सकिन्छ । उहाँले आफु बेलायत हुदाँ फेरि गिता पढ्न सुरु गर्नु भएको थियो र त्यसलाई व्यवहारमा भने भारतमा भएको अङ्ग्रेज विरुद्धका विभिन्न आन्दोलन जस्तै उदारतावादी, उग्रवादी, गान्धिवादी, भारत छोड आन्दोनमा समस्या पर्न साथ गिता पल्टाइ हाल्ने र त्यसको समाधान खोजी हाल्नु हुन्थ्यो र त्यसैको अनुसारण गर्नुहुन्थ्यो । गान्धि जीको हरेक समस्याको समाधान गर्ने साथी भनेको नै गिता हो, किनकि उहाँसँग सदाको साथी नै लौरो र गिता हुन्थ्यो ।

गिताको बारेमा केही जानौँ र बुझौँ

श्रीमद्भगवद्गीता हिन्दूहरूको अझ भनौँ सनातनीहरुको पवित्रत ग्रन्थ मध्येको एक हो गिता। यसमा जीवनको सार खिँचिएको छ । यसको अनुशरणले जीवन निर्वाहमा महत्त्वपूर्ण योगदान गर्छ । यसमा श्रीकृष्ण, अर्जुन, धितराष्ट्र, सञ्जय लगायको संवाद रहेको छ । यसमा भगवान् श्रीकृष्णले कुरुक्षेत्रको रणभूमिको मैदानमा अर्जुनलाई उपदेश दिनुभएको थियो र यसको ३५ वर्षपछि कलियुग शुरु भएको किम्बदन्ति पाईन्छ । गीतामा १८ अध्याय छन् । त्यसैपनि १८ अंक महाभारतमा महत्त्वपूर्ण छ । अठारको अर्थ बलिदान पनि लाग्छ ।

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफुले जिवनको सुरुवात कालमा नपढेर जीवनकालको अन्त्यतिर गीता अध्ययन गर्न थालेका थिए । यस्तो महान् ग्रन्थ बाल्यकाल देखि नै किन अध्ययन गरिएनछ भनेर आइन्स्टाइनलाई पश्चात्ताप लागेको कुरा उनको जिवनिमा पढ्न पाईन्छ।

अर्जुनले मात्र नभएर सञ्जय, हनुमान् र बर्बरीकले पनि श्रीकृष्णबाट गीता उपदेश सुनेका थिए । संस्कृत भाषामा लेखिएको गीताको अहिलेसम्म १७५ भाषामा अनुवाद भइसकेको छ । यसलाई संसारभरि अत्यधिक रुचिका साथ अध्ययन गरिन्छ । अहिले त विश्वका अधिकांश विश्वविद्यालयमा यसलाई पाठ्यक्रममा समावेश समेत गरेका छन् ।

गीतामा श्रीकृष्णले आफ्ना आमाबुवा, दाजुभाइ, पत्नी र बच्चाहरूको सेवा गर्नु पहिलो कर्तव्य हो र यो उहाँको कर्म हो भन्नुभएको छ। आफ्नो परिवारको हेरचाह गर्नु उनको कर्तव्य हो। उहाँको कर्तव्य यहाँ मात्रै होइन, मानिसको हैसियतले आफ्नो वरपरका मानिसहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नु पनि उहाँको कर्तव्य हो र साथसाथै मानिस आफ्नो समाजप्रति उत्तरदायी पनि हुनुपर्छ । कलियुगमा संसारभर नै अनैतिकता, हिंसा, अतिवाद आदिको माहोल छ र त्यसैले गीताको ज्ञान आवश्यक छ। आज मानिस केवल स्वार्थ र लालसामा डुबेको छ र आफ्नो स्वार्थ पूरा गर्न अरुको शोषणमा व्यस्त छ । मानिस बुद्धिमान र संवेदनशील पनि छ, त्यसैले सबै प्राणीहरूले आफूभित्र ईश्वरलाई खोज्नुपर्छ। मानिसले सधैं करुणा बुझ्नुपर्छ र अरूलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ। परहित आधार हो, जो सबैको खुशीको कारण हो।

परहित दुई शब्द मिलेर बनेको छ – परको अर्थ – आफैलाई अलग र हित को अर्थ – राम्रो।

गीतामा श्रीकृष्णले असल कर्म र असल कर्मको वर्णन गर्नुभएको छ, जसमा हाम्रो कुनै रुचि छैन। कहिलेकाहीँ हामीले त्यस्ता मानिसहरूलाई दया देखाउनुपर्छ र तिनीहरूको भलाइ गर्नुपर्छ। यो वास्तवमा मानिसको नैतिक दायित्व र अन्तिम कर्तव्य हो। यसलाई सहायताको रूपमा चिनिन्छ, यसैलाई भनिन्छ सत्कर्म, यसैलाई भनिन्छ मानवता र यही नै मानिसको धर्म हो। यी कर्महरूलाई पुण्य कर्म भनिन्छ। जब कुनै व्यक्तिले आफ्नो लाभ-हानिको ख्याल नगरी अरूको कल्याण गर्छ, त्यसलाई परोपकारी भनिन्छ।

अभ्युत्थानमधर्मस्य तदात्मनम् सृजम्यहम्


यसको अर्थ – जब जब धर्मको पतन हुन्छ र अधर्म बढ्छ, तब म धर्मको उत्थानको लागि अवतार लिन्छु। ऋषि-मुनिहरूको रक्षा, दुष्टको नाश र धर्मको स्थापनाको लागि युगौँदेखि पृथ्वीमा जन्म लिइरहेको छु। कृष्णले अर्जुनलाई कर्मण्यवधिकारस्ते मा फलेषु कदाचन भनेर कर्मको पूर्ण ज्ञान बताउँछन्।


कर्मफलहेतुर्भुर्म ते संगोस्तवकर्मणि


यसको अर्थ- काम गर्नु तिम्रो कर्तव्य हो, निःस्वार्थ काम गर, नतिजाको चिन्ता नगर। समय आएपछि त्यसको नतिजा पक्कै पाउनुहुनेछ। काम गर्नु तिम्रो अधिकार हो तर फल चाहनु तिम्रो अधिकार होइन। कर्म गर र परिणामको चाहना नगर अर्थात् परिणामको चाहना नगरी काम गर । क्रोधको बारेमा श्री कृष्ण बताउँछन् कि,

ध्यायतो विषयपुंसः संगस्तेसुपजयते संगतसञ्जयते कामः कामतक्रोधोभिजयते


यसको अर्थ – वस्तुहरूको बारेमा सोच्दै, व्यक्ति तिनीहरूसँग संलग्न हुन्छ। यस कारणले तिनीहरूमा कामनाहरू उत्पन्न हुन्छन् र कामनाहरूमा बाधा उत्पन्न हुँदा क्रोध उत्पन्न हुन्छ। क्रोधको बारेमा थप व्याख्या गर्दै उहाँ व्याख्या गर्नुहुन्छ :


क्रोधाद्भवति सम्मो: सम्मोहत्स्मृतिभिभ्रम्:।
स्मृतिभ्रंशबुद्धिनाशो बुद्धिनाशत्प्राणश्यति


यसको अर्थ – क्रोधले मानिसको मन मार्छ, स्मरणशक्ति भ्रमित हुन्छ, स्मृति-भ्रमले मानिसको बुद्धि नष्ट हुन्छ र जब बुद्धि नष्ट हुन्छ तब मानिसले आफैंलाई नष्ट गर्छ, त्यसैले गीतामा क्रोधलाई नाशवान भनिएको छ । रिस उठ्दा दिमाग कमजोर हुन्छ र स्मरणशक्ति कम हुन्छ । यसरी मानिसको बुद्धि नष्ट हुन्छ र बुद्धिको विनाशसँगै त्यो मानिस स्वयं पनि नष्ट हुन्छ।

यसरी संसारमा अन्य किताबहरु जतिसुकै पढे पनि एक पटक गिता पनि अवश्य नै पढ्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *