केशान्त (चूडाकरण) संस्कार: शास्त्रीय विधि, वैज्ञानिक महत्त्व र शिखाको रहस्य

पोखरा । हाम्रा धर्मशाश्त्रहरुमा वालवालिकाको सुस्वास्थ्य, सौन्दर्य र आयुवृद्धिका लागि उपयुक्त समयमा मुण्डन गरिदिनु पर्छ भन्ने निर्देशन छ।
वालकको पहिलो पटक केश काट्ने कार्यलाइ चूडाकर्म भनिन्छ। वालकको शिरमा रहेको गर्भे कपाल पूर्णरुपमा छुरा लगाएर खौरिनु पर्छ। यसरी पुरै केश खौरेपछि शिरमा जमेर वसेको मैलाहरुलाई सफा गर्न सजिलो हुन्छ।
चूडाकरण संस्कार विषम वर्ष जस्तै 1/3/5/7 वर्षमा श्री सूर्य नारायण उत्तरायण भएको समय, सोम, वुध, गुरु शुक्रवार अश्विनी,मृगशिरा पुनर्वसु तिष्य हस्ता चित्रा स्वाति आदि शुभ तिथि शुभ नक्षत्र ,शुभवार तथा शुभ मुहूर्त हेरेर गर्नु पर्छ। हाम्रो संस्कृति र परम्परा अनुसार मामाले कपाल काट्ने र दिदी वहिनीले कांशको थालीमा थापेर लगेर गंगा आदि पवित्र जलाशयमा लगेर सेलाउनु पर्छ। यो संस्कार गर्दा दियो कलश गणेशको पूजन स्वस्ति वाचन ब्राह्मणवरण रक्षाविधान स्वस्तिवाचन,मंगलाचरण ,देवी देवताहरुको आवाहन गर्नुका साथै साथै अग्नि स्थापना , आज्याहोम, प्रजापत्यहोम, एवं पञ्च वारुणीहोम आदि यज्ञकर्महरुलाइ निरन्तरता दिंदै अर्को तर्फ वालको केश मुण्डनको लागि अभिभावकहरुले स्वस्ति वाचन सहित केशलाइ गाइको दूध दही र घ्यूले शिर भिजाउनु पर्छ।शिरभिजाउंदा अभिभावकको मनमा यस्तो भाव हुनु पर्छ कि यस दिव्योपद्धति तथा दिव्य द्रव्यहरुले वालकका मस्तिष्कमा शुभविचार एवं दैवी गुणहरु स्थापित हुन सकुन् भन्दै त्रिदेव ब्रह्मा विष्णु शिव लाई आवान गर्दै क्रश: यी मन्त्रहरु पढनु पर्छ-
चूडाकरण संस्कारमा दुइवटा कार्य प्रमुख हुन्छन्। १) जुटिका वन्धन र २) मुण्डन।जुटिका वन्धनको अर्थ केशलाई अभिमन्त्रित कपडा र कुशले केही समय तीनभागमा वांडेर राख्नुहो भने मुण्डनको अर्थ टुप्पि वाहेक सवै केशहरु विशेष मन्त्रोचारण गर्दै खौरिनु हो।
यसकार्यका लागि सर्वप्रथम उपयुक्त ठाउंमा वेदी तयार गरिन्छ। उक्त वेदीमा पूर्वाङ्कर्ममा उलेलख भए अनुसार सत्य नामका अग्निको आवाहन गरि पूर्वाङ्ग कर्म गर्ने।
यज्ञ स्थलमा चूडाकरण गर्ने वालकका बाबू आमा दुवैलाइ उपयुक्त आसनमा पूर्व फर्केर वस्नलगाइ कर्मपात्रोको जल समाइ “अस्य कुमारस्य करिष्यमाण चूडाकरणसंस्कारान्तर्गत जूटिकावन्धनाख्यंकर्म यथा विधि करिष्ये “भन्ने वाचन सहित सङ्कल्प गराउने।
त्यस पछि कर्ताले सो कार्यका लागि ब्राह्मण वरणगरि टीका लगाइ दिने। त्यस पछि कर्ता र पुरोहित दुवैले यो कार्य शुभहोस पुण्यमय, होस कल्याणकारीहोस भनेर प्रार्थना गर्ने। यश पछि कर्ताले यज्ञस्थलमा स्थापित दीयो कलश गणेश ग्रह मातृका अग्निआदिको पूजा गरी धूपदीप नैवेद्य लगाइ पुष्पाञ्जली अर्पण गर्ने। अनि कलात्मक टपरी वा सिंगारिएको कांसको थालमा वालकको टाउकामा वेर्न पुग्ने नापको हलेदाले रंगाएको वा पहेलो कपडा फैलाएर राख्ने, तेस माथी अरु तीन वटा सा साना ध्वजा आकारका कपडाका टुक्रा पनि छुट्टा छुट्टै फैलाएर राख्ने र तिनमा क्रमश: निम्न लिखित देवताहरुको आवाहन गर्ने-
पहिलोमा ब्रह्माको-ॐ ब्रह्मन् इहागच्छ इह तिष्ठ, ॐ ब्रह्मणे नम:।
दोस्रोमा विष्णुको- ॐ विष्णो इहागच्छ इहतिष्ठ ॐ विष्णवे नम:।
तेस्रोमा शिवको ॐ शिव इहागच्छ इहतिष्ठ ॐशिवाय नम:।
ॐसवित्रा प्रसूता देवा आँप उदन्तते तनुम् दीर्घायुस्त्वाय वर्चसे।
त्रिशिखावन्धन-
शिरका केशहरुलाइ तीन भागमा वांडेर ती तिन भागको एक भाग शिरको पछाडी पट्टीको दायाँ पट्टीको केश समूहमा तीन कुशको ब्रह्म शिखावाध्ने र यश मन्त्रपढ्नु पर्छ मन्त्र-
ॐ ब्रह्म जज्ञानं प्रथमं पुरस्ताद्विसमिन्त:सुरुचोवेन$आव: सतश्च योनिम् सताश्च।।
अर्थात् मस्तिष्कको रचनाकार ब्रह्माको शक्ति द्वारा वालकको मस्तष्कमा आसुरी शक्तिहरुले प्रवेश गर्न नपाउन् र दैवीशक्तिहरुले प्रवेश गरी दैवी गुणहरुद्वारा मस्तष्कको विकास र संचालन हुन सकोस भन्ने मंगलमय भावना राख्नु पर्दछ।
विष्णुग्रन्थी-
शिरको पछाडी बायाँ पट्टीका केशहरुको समूहमा तीन कुशका टुक्राको शिखा वांधेर यो मन्त्र पढ्नु पर्छ-
ॐ इदं विष्णु विचक्रमे त्रेधानि दधे पदम्।समूढमस्य पाशसुरे स्वाहा।। ॐ विष्णवे नम आवहयामि ध्यायामि।। ऋग्वेदीय सूक्त
अर्थात् तनै लोकाम व्याप्त श्रीहरिविष्णुले यी पृथिवीलाइ जसरि धारण गर्नु भएकोछ वहांलाइ यो वलकको शिरमा आवाहन गरेर ध्यान गर्दै प्रार्थना गर्दछौं कि हाम्रो यो वालको मष्तिकमा वसेर आसुरी शक्तिहरुलाइ नाश गरेर दैवीशक्तिहरुलाइ सम्वर्धन गरेर सत्प्रवृत्तिहरुलाइ पोषण हुन सकोस।
रुद्रग्रन्थी-
शिरको अगाडीको भागमा शिखा वांधेर यो मन्त्र पढ्नु पर्छ मन्त्र-
ॐ नमस्ते रुद्रमन्यव $उतोत$इषवे नम:। बाहुभ्यामुतते नम:।।१
या ते रुद्र शिवातनू रघोरा पापकाशिनी। तयानस्तन्वा शान्तामया गिरिशान्तामया गरिशान्ताभिचा कशीहि।।। २
हे रुद्र(क्रोध)रुप हजुरलाइ नमस्कार छ, यस्तै कल्याणदायी हातहरुलाइ पनि नमस्कारछ। पर्वत राजको शिखरमा वसेर लेकको कल्याण गर्ने हे रुद्रभगवान? हजुरका मंगलदायी नेत्रद्वारा हाम्रो यश वालकलाइ अवलोकन गरेर यसका शरीरमा विद्यमान आशुरी वृत्तिहरुलाइ नाश गरेर दैवी शक्ति तथा कल्याण प्रदान गर्नुहोस। भनी मंगलमय कामना गर्नु पर्छ।
नविनवस्त्र पूजन गर्ने मन्त्र-
ॐ तस्माद्यज्ञात्सर्वहुत ऋच सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्माद् यजुस्तस्माद्यजायत।।
उपरोक्त मन्त्रले नवीन वस्त्रलाइ चन्दन अक्षता फूलले पूजा गर्नु पर्छ र साथै यो वैदिक मन्त्रद्वारा अभिमन्त्रित गरिएका नवीन वस्त्रहरुलगाउनले शिशुको व्यक्तित्वको विकास हुनेछ भन्ने मनमा सकारात्मक भाव लिनु पर्छ।
विशेष आहुति-
निम्न लिखित मन्त्रहरुद्वारा विशेष ५आहुति (विशेष आहुतिमा पूर्वनिर्वित हवन सामाग्रीमा थप मिष्ठान्न मह घ्यू आदि मिलाइ हवन गरिन्छ।
मन्त्र –
ॐ भूर्भूव:स्व: अग्न आयु ग्वँ सि पवस $आ सुवोर्जमिसं च न:।आरे वाध स्वदुच्छुना ग्वँ स्वाहा।। इदं अग्नये इदं न मम।।
अर्थात् यी विशेष आहुतिको प्रज्वलित यज्ञ कुण्डको अग्निले वालकमा सुसंस्मार भरिदिनेछ।
त्यस पछि वालकलाइ नवीन वस्त्रधारण गराउने, देवालयहरुमा लगि देवताहरुको दर्शन गराउने ,यज्ञकुण्डमा परिक्रमा गर्नलगाउने र शिखापूजन स्वस्तिवाचन भजन कीर्तन गर्दै वालकउपर पुष्पवृष्टिका साथ मान्यजनहरुवाट आशीर्वाद दिलाउने कार्य गरीन्छ।
मुण्डनकार्य-
वलकको मुण्डन कार्य गर्दा वालकका माता पिताले गायत्री मन्त्रको जाप गर्दै यस्तो भावना लिनु पर्छ कि “गर्भवाटै आएका केशहरु हटाउनाले वालकका सवै किसिका शारीरिक मानसिक दुर्वलताहरु हटेर जाउन् भन्दै ईश्वर संग प्रार्थना गर्नु पर्दछ।
मन्त्र-
ॐ येन पूषा वृहस्पते: वायोरिन्द्रस्य चावपत।
तेन ते वपामि ब्राह्मणा जीवातवे जीवनाय दीर्घायुष्ट्वाय वर्चसे।। (मं ब्रा 1/6/7)
कपाल काट्ने मन्त्र-
ॐ आयमगन्सविता क्षुरेणोष्णेन वाय उदकेनेहि। आदित्या रुद्रा वसव उदन्तु सचेतस: सोमस्य राज्ञो वपत प्रचेतस:।। अथर्व६/६८/१
सर्व प्रेरक सविता देवता मुण्डन गर्ने छुरा लिएर आउनु भएको छ। हे वायु देवता? तपाईं पनि शिर भिजाउनका लागि तातो पानी दिनुहोस, एक चित्त भएर रुद्र एवं आदित्य गणले वालकको शिर भिजाइ दिनुहोस । हे ज्ञानी पुरुषहरु हो? तपाइहरु वालकको शिरमुण्डन गर्नुहोस।
ॐ अदिति: श्मश्रु वपत्वाप उन्दन्तु वर्चसा। चिकित्सतु प्रजापतिर्दीर्घायुत्वाय चक्षसे।।२
अदिति माताले यिनका केशलाइ रोपि दिउन् जलदेवताका आफ्ना तेजले त्यस केशलाइ सेचन गरून्। दीर्घायु र दर्शन शक्तिका लागि प्रजापतिले यिनको चिकितसा गरून्।
ॐ येनावपत् सविता क्षुरेण सोमस्य राज्ञो वरुणस्य विद्वान।तेन ब्राह्मणो वपदेदमस्य गोमानश्चवानयमस्तु प्रजावान्।।३
ज्ञानी सविता देवताले राजा सोमको शिर जुन छुराले मुण्डन गरे हे ब्राह्मणहरुहो? त्यस्तो छुराले त्यस्तो छुराले यिनको केश मुण्डन गर्नुहोस। यश श्रेष्ट संस्कार द्वारा यिनी गाई घोडा र पुत्रपौत्रादिले समृद्ध हुन सकुन्।
यत् क्षुरेण मज्जयता सुपेशसा वप्त्व$$वपति केशाँश्छिन्धि शिरो मा$यास्यु:प्रमोषी::। पाष्कर गृहसूत्र-२/१/१८
अर्थात् हे छुरा? यश वालकलाइ सुन्दर र संस्कृत पार्नका लागि केशहरु काटिदेउ तर यसका शिरमा कुनै चोट नलगाइ देऊ, यसको जीवन र आयुमा कुैनै विघ्न नपारी देउ।
त्यसपछि यो मन्त्र उच्चारण गर्दै छुराले कपाल काटिदिने-
सङ्घर्षण :कुरु कुमारमेनयेवतु वै मुण्डनं स्वधिते मा एनं हिंसि।
अर्थात् वालकलाइ कुनै घाउ चोट नलगाइ सङ्कर्षणले मुण्डन गरिदिउन्।
यसरी काटिएको कपाल गाइको गोवरमा राखी कुनै नदी वा कुनै पवित्र ठाउंमा विसर्जन गर्नु पर्छ। त्यस पछि उनका बाबू आमाले उसको टुप्पी राख्ने ठाउंमा चन्दनले ॐस्वस्ति वा स्वस्तिक लेखेर निम्न मन्त्र उच्चारण गर्दै स्पर्श गर्ने-
शिखापूजन मन्त्र-
ॐ चिद्रूपिणी महामाये दिव्य तेज समन्विते।
तिष्ठ देवि शिखामध्ये तेजोवृद्धि कुरुष्व मे।।
हे दिव्य तेजले युक्त महामाया? तपाईं यश वालककन शिरमा वसेर यसको तेज वढाइ दिनुहोस ।
त्यस पछि वालकका माता पिता एवं अभिभावकहरुले वालकका मस्तिष्कमा शान्ति बुद्धि ुमता, पवित्रता, सरलता, उदारता, प्रशन्नता, ज्ञान विज्ञान र संकल्प शक्तिको निवास होस भन्ने कामना गर्दै
यश मन्त्रका साथ वालकका माता पिताले वालकको शिरको शिखास्थानमा स्पर्श गरेर चन्दन अक्षता फूलले पूजन गर्दै ईश्वर संग प्रार्थना गर्नु पर्छ कि यो वालक तेजस्विताको धनी र दैवीगुणहरुले सम्पन्न वनेर आफ्नो कूलकै गोरव वढाउने वाला वन्न सक्ने वनुन्।
स्वस्ति वाचन-
मन्त्र-
ॐस्वस्तिन इन्द्रो वृद्ध:श्रवा:स्वस्ति न: पूषा विश्ववेदा:।स्वस्तिनस्तार्क्छ्यो अरिष्टनेमि: स्वस्तिनो वृहस्पतिर्दधातु।
पृषदश्वा मरुत:पृश्निमातर:शुभं यावानो विदधेषु जग्मय:।। अग्नि जिह्वा मनव:सुर चक्छ्यसो विश्वेनो देवा अवसा गमन्निह:।
ॐ भद्रं कर्णेभि:शृणुयाम देव भद्रं पश्येम क्षभिर्यजत्रा:स्थिरै रंगै स्तुष्टुवां सस्तनुभिर्व्यसेम देवहितं यदायु:।
शतमिन्नु शरदो अन्तिदेवा यत्रा नश्चक्रा जरसं तनुनम्। पुत्रासो यत्र पितरो भवन्ति मानो मध्यारीरिषताय़र्गन्तो:।।
अदितिर्द्यौरदितिरन्तिक्छ्यमदितिर्माता स पिता स पुत्र: विश्वेदेवा
अदिति:पंन्चजना अदितिर्जातमदितिर्जनित्वम्।।
यसपछि वालकलाइ नजिकको देवमन्दिरमा लगि स्थापित देवताहरुको दर्शन गराउनु पर्छ।
यो चूडाकर्म गर्दा ब्रह्म रन्ध्रमा राखिएको शिखा भने जीवनभर काट्नु हुंदैन। किन कि यसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।
अब शिखाको महत्व
टाउकोको जुनठाउंमा टुप्पी राखिन्छ त्यो मस्तिष्कको मुख्य केन्द्रहो। यसै मुनि योगिहरुले कल्पना गरेको सहस्रार चक्र रहेको छ। जस द्वारा शरीर र मनका सम्पूर्ण वृत्तिहरुको नियन्त्रण हुन्छ।यही ब्रह्मरन्ध्र पनि रहेकोछ। यो ठाउँ मानिसका मूलभूत शक्ति शक्तिहरु विवेक,दृढता, दूरदर्शिता,प्रेम र संयम शक्तिको पनि केन्द्रहो। कतिपय योग साधकहरु यश केन्द्रलाइ आत्मत्वको वासस्थान मानेर यश चक्रमा ध्यान केन्द्रित गर्दा आत्म तत्वको वोध हुन्छ भन्ने गर्छन्। आफ्नो कल्याण चाहने व्यक्तिहरुले यति महत्व पूर्ण केन्द्रको सुरक्षा गर्नु र यश केन्द्रलाइ शक्तशाली वनाउनु नितान्त जरुरी हुन्छ। टुप्पी यश चक्रको वाह्य सुरक्षा कवचहो। कुनै निश्चित रेडियो वा टिभी स्टेसन वाट प्रक्षेपित रेडियो वा टिभीका श्रव्य दृश्यका तरङ्गलाइ एन्टेना मार्फत घरघरमा रहेका रेडियो टिभीले समातेर प्रसारण गरेझैं ब्रह्माण्डको केन्द्रवाट प्रक्षेपण गरिएका ईश्वरीय प्रेरणा वा विविध भाव तरङ्गहरुलाइ विभिन्न योगध्यान चिन्तन मनन निधिध्यासन प्रणव जाप,आदि विभिन्न ध्यान मनन क्रियाहरुका माध्यम वाट मानिसको मस्तिष्कले समात्छ,ग्रहण गर्छ।
त्यस ठाउंमा अझ लामा लामा रौहरु वा टुप्पी भए मस्तिष्कलाइ त्यो कार्य गर्न अझ सजिलो हुन्छ । टुप्पी वा शिखाका माध्यमवाट मस्तिष्कलाइ ईश्वरीय प्रेरणा मनोवल दिव्य आत्मिक शक्तिलाई ग्रहण गर्न सरल हुन्छ भन्ने सूक्ष्म वैज्ञानिक तथ्यकै आधारमा हाम्रा ऋषिमुनीहरुले शिरमा जटा राख्ने गर्नु भएकोहो र टुप्पी तेसैको प्रतीकहो। अन्तरिक्ष वाट टुप्पी मार्फत प्राप्त हुने सकारात्मक उर्जा स्पन्दन वा तरङ्गहरु तत्कालै त्यहांवाट फर्किएर फेरि वाहिरै नजाउन् भन्ने उद्देश्यले टुप्पीमा शिखा वाध्नेहो। पौराणिक कथनानुसार शिखाक्षेत्रमा समग्र देवी देवता तथा तीर्थहरुको वास हुने हुनले शरीरको यो स्थान पवित्र मानिन्छ।तेसैले कुनेै शुभ कर्महरु गर्दा न्यास गर्दा वा सङ्कल्प गर्दा शीखालाई छुने गरिन्छ।
शरीर विज्ञान अनुसार शरीर भरि फैलिएका सम्पूर्ण नाडीहरुलाई नियन्त्रण गर्ने सुषुम्ना नाडीको केन्द्र पनि यही शिखाक्षेत्रनै भएकोले संसारका प्राय:सवै साधना संस्कृतिमा यश क्षेत्रलाइ वुद्धिको केन्द्र मानेर उच्च महत्व दिइएकोछ।त्यसकारण त्यस भागमा टुप्पी राख्नुको अर्थ त्यो भागलाइ सुरक्षा दिनुहो।
श्रोत : धार्मीक संस्कार सम्बन्धि ग्रन्थहरु
लेखकको बारेमा

- पोखरामा रहेर धार्मिक, सांस्कृतिक, साहित्यिक लगायत विभिन्न समसामायिक विषयवस्तुमा लेखहरु लेख्नुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १९:५३केशान्त (चूडाकरण) संस्कार: शास्त्रीय विधि, वैज्ञानिक महत्त्व र शिखाको रहस्य
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार १६:२५नयाँ परिवर्तन पश्चात निर्वाचित सांसदकाे भुमिका
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार १३:२५निर्वाचनपछिकाे निकाश : सत्ताको परीक्षा !
कला, विचार/मनोरञ्जन२०८१ चैत्र २६, बुधबार १७:२६सुशासनसँग कार्यन्वयनमा डगमगायकाे सरकार








