चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने

काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिती फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तीम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ। नयाँ र जोश बोकेको टिम मिलेर निर्मण गरेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ। राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत्का दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ।
क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रले नेपाली चलचित्र उद्योगको लागि नयाँ मानक स्थापित गर्नेमा निर्माण टिम ढुक्क छ । इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको दृढ विश्वास छ । चलचित्रमा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर,मन्जिल जिसी,सगुन तामाङ,रोशनी स्याङ्ग्बो,शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ। बिदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको चलचित्रले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक आशुतोष ध्वज कार्कीले बताए।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन्। यो टिमले दर्शकलाई पूर्ण मनोरंजन दिने बिस्वाशका साथ चलचित्र ‘जम्प’ को प्रचार प्रसार पनि थालनी गरेका छन्। चलचित्रलाइ गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ माघ ३०, बिहीबार ०७:३०टी-२० विश्वकपमा आज तीन खेल, इटालीसँग भिड्दै नेपाल
कला, विचार/मनोरञ्जन२०८२ माघ ३०, बिहीबार ०७:२३एआई प्रयोगमार्फत ऐतिहासिक कथा ‘कार्तिक’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ माघ ३०, बिहीबार ०७:००हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ३०, बिहीबार ०६:५३झापामा आजदेखि हाडजोर्नी चिकित्कसको बृहत् सम्मेलन








