डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते

डोटी- डोटीको शिखर नगरपालिका -३ अण्यौलस्थित केआई सिंह राजमार्गमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटको समयमा एक्कासी अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खसेको थियो ।
जिपमा चालकसहित १० जना सवार रहेका मध्ये ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय दिपायलले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यलय दिपायलका अनुसार मृत्यु हुनेहरुमा बाजुराकाे हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशाेभा बुढा, उनकाे ६ बर्षीय छाेरा कबिन्द्र बुढा, साेही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालकाे मृत्यू भएकाे प्रहरीले जानकारी दिएकाे छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा







