अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।
गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिनुभएको थियो ।
उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको भन्दै प्रचलित कानुनअनुसार उत्पादन रोकेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।
यसैबीच, मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गर्ने स्पष्ट पार्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १४:०४भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने







