बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आचार्य

पोखरा । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले जयराम आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा चेतनारायण सापकोटा, सचिवमा महेन्द्र ढकाल, कोषाध्यक्ष भवानीशंकर शर्मा तथा सदस्यहरुमा क्रमश : प्रमोदनारायण श्रेष्ठ, शेरबहादुर घर्ती क्षेत्री, रमना किरण श्रेष्ठ, यशोधा कँडेल र मेघराज शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त कँडेलले बताए ।

संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा उपाध्यक्ष जयराम आचार्यले स्वागत मन्तब्य तथा सचिव विष्णु पौडेलले कार्यक्रम संचालन गरेका थिए। उक्त कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार डा.भानुभक्त कंडेल बागलुङ समाज पोखराका अध्यक्ष डिल्लि शर्मा , संस्थाका निवर्तमान अध्यक्ष कमला गिरि , सियर सदस्यको तर्फबाट लेखनाथ आचार्य , मेघराज शर्मा लगायतले आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष, तथा लेखासमितिको प्रतिवेदन माथी छलफल गरि पारित गरिएको थियो साथै संस्थाले संस्थामा आबद्ध ७० वर्ष भन्दा माथिका ज्येष्ठ सदस्य, शेयर सदस्यबाट उत्कृष्ट बचत कर्ता र कारोबार कर्ता लगायतलाई सम्मान पनि गरेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार १९:१४कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए
खेलकुद२०८३ बैशाख १४, सोमबार १५:२२टियु क्रिकेट मैदान नभत्काउने,पुन:भाडा सम्झौता हुने







