गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’

काठमाण्डौ। गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत भिडियो सार्वजनिक गरिएको हो ।
सौरभ तुलाधरको निर्देशनमा बनेको भिडियोमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो आकर्षक बनेको प्रमुख अतिथि बासकोटाले मन्तव्यको क्रममा बताए । बासकोटालाई नेपाली म्यूजिक भिडियो निर्माणको थालनी गर्ने ब्यक्तिको रुपमा पनि लिने गरिन्छ । लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा
खेलकुद२०८२ चैत्र २२, आईतवार ०८:१५गुजरातलाई हराउँदै शीर्ष स्थानमा राजस्थान « रिपोर्टर्स नेपाल








