कलाकारितामा चम्किँदै हुम्लाकी आरती बुढा » Celebrity Nepal

कलाकारितामा चम्किँदै हुम्लाकी आरती बुढा » Celebrity Nepal


सेलिब्रेटी नेपाल। कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा अभिनयलाई आफ्नो मुख्य पेसा बनाउँदै आरती बुढा निरन्तर कलाकारिता यात्रामा अघि बढिरहेकी छन्।

अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घर थिएटरमा अभिनय गुरु गोविन्द सुनारबाट अभिनय प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन्। अभिनयप्रतिको रुचि, निरन्तरको अभ्यास र मेहनतले उनलाई मोडलिङ तथा अभिनयको क्षेत्रमा स्थापित हुँदै अघि बढ्न प्रेरित गरेको छ।

आरतीले हालसम्म दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतका म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरिसकेकी छन्। उनले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छन्। नाटक तथा म्युजिक भिडियोमा गरेको अभिनयका लागि उनले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरिसकेकी छन्।

म्युजिक भिडियो र नाटकमा सीमित नरही आरतीले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई थप फराकिलो बनाउँदै लगेकी छन्। निरन्तर नयाँ अवसरको खोजी, मेहनत र आफ्नो अभिनय क्षमतालाई निखार्ने प्रयासले उनलाई कलाकारितामा अघि बढ्न थप ऊर्जा दिएको छ।

हुम्लाजस्तो दुर्गम भूगोलबाट कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन अघि बढ्नु आरतीका लागि मात्र नभई नयाँ पुस्ताका कलाकारका लागि समेत प्रेरणादायी यात्रा हो। आफ्नो प्रतिभा, अनुशासन र लगनशीलतालाई निरन्तरता दिँदै आरती नेपाली कला क्षेत्रमा थप स्थापित हुने लक्ष्यका साथ अघि बढिरहेकी छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘आ बाट आमा २’ को छायांकनका लागि पल, निर्देशक चन्द्र र रिश्ताको टिम हङकङमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =