निश्चलको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको होइन नेताको ‘दिमाग खराब’ होला त ?

काठमाडौं। निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित चलचित्र नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै चलचित्र ले समेटेको बताएका हुन् ।
‘हाम्रो सिनेमा ‘दिमाग खराब’ राजनीतिक सिनेमा होइन् । राजनीतिले कसरी हरेक व्यक्तिलाई असर गर्छ त्यो मात्रै दिमाग खराबले देखाउँछ,’ बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यो व्यक्तिको कथा हो । व्यक्तिसँग जोडिएर राजनीति कसरी आउँछ भन्ने सिनेमाले देखाउँछ ।’
हरेक व्यक्ति राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको भनाई छ । ‘यो एउटा साधारण व्यक्तिको कथा हो । हरेक व्यक्तिले गर्ने संघर्षको कथा हो,’ निश्चलले भने । सिनेमाले दर्शकको दिमाग खराब गराउने विश्वास उनको छ ।

‘स्क्रिनमा देखाउने कुराले दर्शकको दिमाग खराब गराउँछ,’ उनी भन्छन्, ‘जिन्दगीमा धेरै कुराले दिमाग खराब गराउँछ । कहिले आफ्नै कुराले र कहिले अरूका कुराले दिमाग खराब गराउँछ । त्यही नै यो सिनेमाले देखाउँछ ।’
अभिनेता खगेन्द्र लामिछानेले आफूलाई निश्चलप्रति पूर्ण विश्वास रहेको बताए । त्यसैले सिनेमा राम्रो बनेकोमा आफू विश्वस्थ रहेको उनको भनाई छ । ‘म सँग दिमाग खराबको सुटिङमा जानु अगाडि धेरै समय थिएन । त्यसैले निर्देशकलाई मैले तपाईले जे काम जसरी लगाउनु हुन्छ, त्यसैगरी गर्छु भनेको थिएँ,’ खगेन्द्रले भने, ‘यो सिनेमामा मैले पहिलो पटक डिरेक्टर्स एक्टर भएर काम गरेको छु ।’
अभिनेत्री स्वस्तिमा खड्काले निश्चलका यसअघिका सिनेमा महिला पात्रका सन्दर्भमा ‘वेल रिटन’ नहुने गरे पनि यसपटक भने त्यो समस्या नरहेको बताइन् । ‘मैले दर्शक भएर हेर्दा उहाँका सिनेमामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो सिनेमामा त्यो समस्या छैन भन्ने लाग्छ ।’
निर्देशक निश्चलले स्क्रिप्ट डक्टर राख्दा धेरै विषयलाई सच्याउने अवसर पाइएको बताए । सिनेमा भित्रका कतिपय विषयमा स्क्रिप्ट डक्टरसँग गम्भीर छलफल गरेर समावेश गरेको स्मरण गर्दै यसले सिनेमालाई सहयोग गर्ने उनको भनाई छ ।
अभिनेता खगेन्द्रले भने केही व्यक्तिले सिनेमामा स्क्रिप्ट डक्टर राख्ने सुरुआतलाई लिएर आलोचना गरेको भन्दै राम्रो कामको सुरुआत भएको भन्दै त्यसलाई सहयोग गर्नु पर्ने बताए । ‘दिमाग खराब’मा मनोज पण्डित स्क्रिप्ट डक्टरको रुपमा रहेका छन् ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा








