‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुँदै

काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन् ।
५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहनु भएकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएको हो । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जादो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका २ दर्जन जति उनका गीतहरु प्रस्तुत गर्दैछिन् । कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकट राखिएको छ ।
पत्रकार सम्मेलनमा बरिस्ठ लोकगायिका थापाले कार्यक्रमका लागि अन्नपुर्ण चेम्बर अर्केस्टा ,काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि संग सहकार्य गर्न पाउँदा आफु खुसी रहेको बताउनु भयो । गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो । २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गर्नु भएकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छ्न।
विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएकी गायिका थापा प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौ सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ कार्यक्रम सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १६, शनिबार २२:२५नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने
खेलकुद२०८३ जेष्ठ १६, शनिबार १०:१२आज नेपाल र मलेसिया भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार १८:२७जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ १५, शुक्रबार १७:२२खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन









