अन्तरजातिय बिबाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तरजातिय बिबाह गरेपछि उनहरुलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैया उपलब्ध गराएको हो ।
छाँयानाथ रारा नगरपालिकाको आर्थिक बर्ष ०७।०८० को नीति तथा कार्यक्रमअनुसार नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत अन्तरजातिय बिबाह गर्ने पहिलो एक जोडीलाई छाँयानाथ नगरपालिकाले प्रोत्साहन बापत सो रकम उपलब्ध गराएको हो ।
सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षिया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षिय देबि कृष्णा कामीबिच दुई बर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुबै जनाको सहमतिमा गत माघ १३ गते बिबाह भएको हो ।
सो नगरपालिकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई १२औ नगरसभामा दलित नीति पास गर्दै अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाख प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
नगरपालिकामा नगरप्रमुखको हातबाट एक लाख रुपैयाको चेक पाउँदा साह्रै खुसि लागेको छ । आफ्नो श्रीमती १२ कक्षामा पढ्दै छिन्, नगरपालिकाबाट पाएको यो रकम उनको पढाईमा खर्च गर्छु देबी कृष्णाले हर्षित हुँदै बताए ।
अन्तरजातिय विवाह गर्ने सो जोडिलाई छायाँनाथ रारा नगरपालिकामा नगर उपप्रमुख एश्वर्य मल्लले फूल माला लगाएर स्वागत र सम्मान गर्नुभयो । नगर प्रमुख बिष्णु कुमार भाले एक लाखको चेक हस्तान्तण गर्दै सो जोडिलाई रकम उपलब्ध गराउनु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारनक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?
स्वास्थ्य/जानकारी टिप्स२०८० मंसिर १५, शुक्रबारएचआइभी/एड्स सङ्क्रमित थपिँदै
समाचार२०८० मंसिर १५, शुक्रबारनेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८० मंसिर १५, शुक्रबारविश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने