गीतकार अम्बिका र संगीतकार शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक

काठमाडौँ। गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ ।
राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथी बासकोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीतसृजना मार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उनको प्रसंसा गरेका छन् । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिदै बासकोटाले उनका सृजनाले नेपालीसंगीतलाई निरन्तर रुपमा सिंचित गरिरहेको बताए । यस्तै संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्ट बनाउन सक्ने क्षमता रहेको बताएका छन् । पहिले देखिनै आफुले सुन्दै आएका उनका सृजनामा उत्कृष्टता भेटिने बताउँदै उनले यसपटक पनि थापाले आफुलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावका गीतमा उत्कृष्ट शब्द रचना गर्न सफल भएको बताए ।
यस्तै संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले आफु ब्यक्तिगत रुपमा पनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । बिभिन्न बिधाका गीतमा उनले उत्तिकै शशक्त रुपमा संगीत सृजना गर्ने गरेको उनको भनाई छ । उनले गीतकार गुरुङले बिदेशी भूमिमा रहेर पनि नेपाली संगीत प्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वित भएको बताए । यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले विसम परिस्थितिमा पनि निरन्तर रुपमा संगीतमा लगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको जनाएका छन् । उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुन लगाएको बताए । एउटा गीतकारको भावलाई संगीतकारले जीवन दिने भन्दै उनले शब्दमा प्राण भर्न संगीतकार थापा जहिले सफल रहने गरेको जनाए ।
कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरुको बारेमा प्रष्ट पारेका थिए । उनले अतिथीहरुले आफ्ना सृजना प्रति दिएको प्रतिक्रियाले आफु उत्साहित भएको बताए । उनले निरन्तर रुपमा आफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङ प्रति आभार प्रकट गरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।
सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २०, बुधबार १०:२६बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति








