विद्युत प्राधिकरण भरतपुरले १० दिनमा १ करोड ३७ लाख बक्यौता उठायो

चितवन- दसैँपछिको १० दिनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र मात्रै पाँच महिना अवधिसम्म विद्युत् महसुल नबुझाउने एक हजार ७९ जना ग्राहकको लाइन काटेको छ ।
कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटी ७ सय ६० जनाबाट एक करोड ३७ लाख रुपैयाँ बढी बाँकी बक्यौता रकम संकलन गरेको कार्यालयका प्रमुख रामु श्रेष्ठले जानकारी दिए ।
“प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत वक्यौता रकम असुली गरिएको हो उनले भने तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको वक्यौता रहेको छ । ”
अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै वक्यौता तिरेको उनले बताए । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले वक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए ।
मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले बताए । मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइने नियम छ ।
लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी गराए।
दसैँअघि पाँच महिनाभन्दा बढी अवधिसम्म महसुल नबुझाउने तीन हजार ४ सय बढी ग्राहक रहेकोमा लाइन काट्ने महाअभियान सुरु गरेको १० दिनमै ९८१ मा झरेको भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । लाइन काटिने डरले एक हजार ५०० बढी ग्राहकले आफैँ विद्युत महसुल बुझाएको प्राधिकरणले जनाएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या