विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं- भारतमा जारी १३औं संस्करणको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा न्युजिल्याण्डले स्थान बनाएको छ ।
यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि पाकिस्तान इंग्ल्याण्डसग पराजित हुदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो । हिजो पाकिस्तान इंग्ल्याण्डसग ९३ रनले पराजित हुदा पाचौ स्थानमा सिमित बन्यो ।
यो सँगै भारत शीर्ष स्थानका साथ सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने छन् ।
अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको प्रतिस्पर्धा हुने छ । दुवैबीचको सेमिफाइनल खेल आगामी बुधबार मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा विहिबार हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछन् । फाइनल अर्को आइतबार हुनेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २९, आईतवार १२:३६प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली
समाचार२०८२ भाद्र २९, आईतवार १२:२५जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने, घाइतेको निशुल्क उपचार
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी