Home कला, विचार/मनोरञ्जन साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

13
0

काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै बनेको छ। चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ।

नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर यो चलचित्र रुमलिने निर्देशक कार्कीले बताए । चलचित्र क्रियटिभ माकुरा मिडियाको ब्यानरमा फिल्म बनेको हो ।

इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ । चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । चलचित्रलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व
Next articleखगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here