खगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘पशुपति प्रसाद’ को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद ३’को निर्माण घोषणा गरेका हुन् ।
लेखक तथा निर्माता लामिछानेले एक र दुईमा अपुरा छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै सिनेमा ‘पशुपति प्रसाद ३’ निर्माण गर्ने बताएका छन् । अभिनेता तथा लेखक खगेन्द्रको कथा लेखन रहने चलचित्रलाई दीपेन्द्रले निर्देशन गर्नेछन् ।
निर्माण टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २:भस्मे डन’ हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामीलाई पनि लाग्यो ती चलचित्रमा छाडिएका अपूरा कथा र पात्रको कथा हामीले ‘पशुपति प्रसाद ३’ मा पूरा गर्नुपर्छ ।’
तेस्रो श्रृंखलामा खगेन्द्र र वर्षा सिवाकोटी दोहोरिने जनाइएको छ । तर पहिलो भागबाटै ‘पशुपति प्रसाद’ पात्रको कथा टुंगिएकाले तेस्रो श्रृंखलामा उसको भूमिकालाई कसरी पुर्नस्थापित गरिनेछ भन्ने बारेमा निर्माण टिमले केही खुलाएको छैन । ‘
चलचित्रलाई आगामी वर्ष छायांकन गरेर सोही वर्ष हलमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








