शनिबार देशभर ‘दिमाग खराब’लाई दर्शकको साथ

काठमाडौँ। शुक्रबार सुखद् सुरुवात गरेको चलचित्र ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले शनिबार अधिकांश हलमा दर्शकको साथ राम्रो पायो।
चलचित्रको निर्माण टिम शनिबार बिहानी शोबाट नै कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की, कार्यकारी निर्माता सुरज बम ठकुरी र निर्देशक निश्चल बस्नेत दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थिए ।
निर्देशक निश्चल बस्नेतले शुक्रबार सुखद् अकुपेन्सी पाएपनि चलचित्रले दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेकाले शनिबार हलमा दर्शकको चाप उच्च देखिएकाले आइतबारबाट परेको तिहारको बिदामा ‘दिमाग खराब’ले राम्रो व्यापार गर्ने विश्वास सहित मनको डर हटेको बताए ।
चलचित्रले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षधरता लिएको भन्ने कतिपय टिप्पणीलाई निर्देशक बस्नेतले अस्वीकार गरेका छन् । ‘सिनेमामा एकजना स्वतन्त्र उम्मेदवार उठेको हुनाले सबै त्यतैतिर मात्र जोड्नुपर्छ भन्ने छैन । कसैले पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउनु भनेको रिभोलुसन पनि हो’ बस्नेतले भने । सिनेमाले भ्रष्ट मान्छे रहुञ्जेल सर्वसाधारणले उसको विरुद्ध आफूलाई उभ्याउनुपर्ने सन्देश दिने निश्चल बताँउछन् ।
अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेरेका दर्शकबाट राम्रो प्रतिक्रिया पाएको र धेरै दर्शक परिवार सहित हलमा आएको बताइन् । शनिबार हामी बिहानैदेखि काठमाडौं उपत्यकाका धेरै हलमा पुगेका छौं । सवैतिर दर्शकले सिनेमा निकै मन परेको बताइरहनु भएको छ । साथै, शुक्रबार एकल सिनेमा हेरेका दर्शकहरु शनिबारदेखि परिवार सहित हल पुगेको भेटिएकाले सिनेमाले तिहार बिदाको सदुपयोग राम्रैसँग गर्ने देखिएको बताइन् ।
दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शकको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो । सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘दिमाग खराब’को सिक्वेलको डिमाण्ड गरिरहेका थिए ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








