आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा

आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ । खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।
करिब चार हजार मानिसको बसोबास रहेको ग्रिन्डाभिक शहर भित्रिने सबै सडक आकस्मिक बाहेकका लागि बन्द गरिएको छ । आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि अहिले आपतकाल घोषणा गरिएको छ ।
आइसल्याण्डको मौसम विज्ञान कार्यालय आईएमओले विस्फोटको ठूलो जोखिम रहेको बताएको छ । रेक्जेनेस प्रायद्वीपमा विस्फोटको सम्भावना बढेको छ । विष्फोट आगामी केही दिनहरूमा कुनै पनि समयमा सुरु हुन सक्ने चेतावनी दिईएको छ ।
हालैका हप्ताहरूमा ज्वालामुखी वरपर हजारौं भूकम्पहरू रेकर्ड गरिएका छन् । भूकम्पले ग्रिन्डाभिक र आसपासका सडक र भवनमा क्षति पुर्याएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिणपश्चिम आइसल्याण्डमा २० हजार भन्दा बढी भूकम्पहरू रेकर्ड गरिएको छ ।
ज्वालामुखी नजिकै हालैका वर्षहरूमा रेक्जेनेस प्रायद्वीपमा २०२१ मार्च, २०२२ अगस्त र २०२३ जुलाईमा तीनवटा विष्फोटहरू भएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








