दिल्लीमा कृत्रिम वर्षा गराउन अनुमतिको पर्खाइमा दिल्ली सरकार

भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषणको ठूलो समस्या झेलिरहेको छ । यसै सन्दर्भमा दिल्लीका वातावरण मन्त्रीले प्रदुषणको स्तर घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ ।
दिल्ली सरकारको योजना सफल हुन सर्वोच्च अदालतका साथै धेरै संघीय मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ । यदि त्यसो भएमा मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।
दिल्लीमा लाग्ने बाक्लो तुवाँलो मुख्य समस्याका रुपमा हेरिएको छ । दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।
तर दिल्लीको प्रदूषणले सर्वसाधारणको घाँटी नै थिचेर विश्वव्यापी हेडलाइन बनाइरहँदा राजनीतिक नेताहरू समाधानको लागि उदासिन देखिएका छन् । विगत दुई सातामा वायुको गुणस्तर तोकिएको मापदण्डभन्दा १० गुणा खराब भएको छ ।
केही दिन अघि भएको सानो वर्षाले प्रदुषण केही कम गरेको थियो । तर दिवाली पर्व मनाउने क्रममा गरिएको आतसवाजी र पटाकाको धुँवाले हिजोदेखि फेरि वायुको गुणस्तर खतरनाक भएको छ । प्रदुषणकै कारण दिल्लीका विद्यालयमा जाडोको बिदा अगाडि सारिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास