काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म सभा, जुलुस गर्न रोक

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।
यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
मंसिर ७ गते बिहीबार नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईं समुहले एकै दिन सो क्षेत्रमा कार्यक्रम गर्ने चर्चापछि जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि बानेश्वरसम्म को सडक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।
एक वा भन्दा बढी समुहले एकै स्थानमा जुलुस तथा सभा आयोजना गर्ने तयारी गरेपछि शान्ति सुरक्षाका लागि सो ठाउँमा जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता कार्यक्रम गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ क बमोजिमको आदेश जारी गर्दै निषेधित क्षेत्र तोकिएको स्थानमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको जनाएको छ ।
निषेधित क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्बोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुलीबजार पुल हुदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते माइतीघर मण्डलामा कुनैपनि कार्यक्रमको लागि अनुमति नदिइएको तर अन्य क्षेत्र तोकी आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रबिन्द्र प्रसाद आचार्यले बताउनुभयो ।।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






