काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म सभा, जुलुस गर्न रोक

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।
यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
मंसिर ७ गते बिहीबार नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईं समुहले एकै दिन सो क्षेत्रमा कार्यक्रम गर्ने चर्चापछि जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि बानेश्वरसम्म को सडक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।
एक वा भन्दा बढी समुहले एकै स्थानमा जुलुस तथा सभा आयोजना गर्ने तयारी गरेपछि शान्ति सुरक्षाका लागि सो ठाउँमा जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता कार्यक्रम गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ क बमोजिमको आदेश जारी गर्दै निषेधित क्षेत्र तोकिएको स्थानमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको जनाएको छ ।
निषेधित क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्बोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुलीबजार पुल हुदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते माइतीघर मण्डलामा कुनैपनि कार्यक्रमको लागि अनुमति नदिइएको तर अन्य क्षेत्र तोकी आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रबिन्द्र प्रसाद आचार्यले बताउनुभयो ।।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै







