Home समाचार आन्तरिक पर्यटकको केन्द्र बन्दै भक्तपुरको ‘बोजीनी ड्याम’

आन्तरिक पर्यटकको केन्द्र बन्दै भक्तपुरको ‘बोजीनी ड्याम’

9
Google search engine

भक्तपुर- भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित बोजीनी जलाशययुक्त ड्याम अहिले आन्तरिक पर्यटकका लागि केन्द्र बन्दै गएको छ ।

उपत्यकाको उत्तरपूर्वी चुचुरो, घना जंगलको बीचमा रहेको यो ड्याम अहिले पिकनिक जानेहरुका लागि प्रमुख रोजाइको केन्द्र बनेको छ । पर्यटकको चहलपह बढेसँगै स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ ।

चिसो मौसम सुरुभएसँगै यो पर्यटकीय स्थलमा घुम्न जानेहरुको चहलपहल बढेको हो । स्वच्छ हावा, सफा पानी र रमणीय वातावरण भएकाले यहाँ पैदल, हाइकिङ्ग र बस रिजर्व गरेर आउन थालेका छन् ।

होटलमा बस्नका लागि मात्रै पर्यटक नआउने भएकाले हाइकिङ्ग, सहासिक यात्रालगायत मनोरञ्जनका लागि पनि पर्यटक यहाँ आउने गरेको हास्य कलाकार मनोज गजुरेल बताउनु हुन्छ ।

बोजीनी जलाशयका रुपमा रहेको यो ड्याममा परिवारका अन्य सदस्यसहित गजुरेल परिवार यहाँ पुगेका हुन् । पीकनिक जानका लागि आजभोलि युवा युवाती मात्रै होइन, सबै उमेर समूहको लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

बिदाको दिनमा ड्याम क्षेत्रमा थामीनसक्नु पर्यटकको घुइँचो लाग्ने स्थानीय बताउँछन् । उपत्यका नजिकैको रमणीय स्थल र उचाइमा रहेको ड्याम हेर्नकै लागि यहाँ पुगेको आन्तरिक पर्यटकको बताउँछन् ।

एशियाकै दोस्रो लामो जीपलाइन पनि यसै क्षेत्रमा संचालित छ । २ हजार २ सय ५० मिटर लामो जिपलाइन व्यवसायिक रुपमा संचालनमा आएपछि दैनिक सयौंको संख्यामा यहाँ पर्यटक आउन थालेका छन् । पर्यटक आउन थालेपछि स्थानीयको व्यापार व्यवसाय पनि फस्टाएको छ ।

लामो समय खाडीमुलुकमा बसेर आफ्नै देशमा केही गरौं भन्ने उदेश्यले जीपलाइनबाट रोजगारी सिर्जना गरेको जीपलाइन सञ्चालक प्रेम बस्नेतले बताउनुभयो । राजधानी नजिकैको पर्यटकीय गन्तव्यमा पर्यटकहरुको आवागमन बढ्दा स्थानीय पर्यटन व्यवसायीहरु भने अर्थतन्त्रमा सुधार आउने आशामा छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here