सर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस

काठमाडौं – सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश एवम् न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्षतमा मंगलबार बसेको परिषद्को बैठको सर्वोच्च अदालतमा ६ जना न्यायाधीश र उच्च अदालतका लागि ६ जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको हो ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनु भएका ४ जना उच्च अदालतका न्यायाधीश रहनु भएको छ भने २ जना कानुन व्यवसायीको तर्फबाट सिफारिस हुनु भएको छ । कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस गरिएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस हुनुभएको छ ।
यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई उच्च अदालतको मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २४, मंगलवार ०९:१०चलचित्र ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा
खेलकुद२०८२ चैत्र २४, मंगलवार ०७:३८आज मुम्बई र राजस्थान भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ चैत्र २४, मंगलवार ०६:३६सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध
समाचार२०८२ चैत्र २३, सोमबार १६:०७हिजो १०५ अङ्कले घटेको नेप्से, आज ८३ अङ्कले बढ्यो








