दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् ।
प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ ।
सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, “हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्”, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरुङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भनेको सुन्न सकिन्छ ।
सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् ।
निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।
“सबै कामदार पूर्णतया सुरक्षित छन्”, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक विज्ञप्तिमा भन्नुभयो, “उनीहरूलाई सुरक्षितरूपमा छिट्टै बाहिर निकाल्न हामीले पूरा प्रयास गरिरहेका छौँ ।”
उहाँले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताउनुभयो । प्रधानमन्त्री मोदीले कामदारलाई बाहिर निकाल्नु राज्य सरकारको ‘उच्च प्राथमिकता’ हुनुपर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम









