इजरायलमा व्यापक प्रदर्शन, बन्धक रिहाईका लागि तत्काल सम्झौता गर्न दवाब

इजरायलमा सरकार विरुद्ध व्यापक प्रदर्शन भएको छ । गाजामा बन्धक बनाइएका आफ्ना नागरिकको रिहाईका लागि सम्झौता नगरेको भन्दै मुख्य शहर तेल अभिभमा १ लाखभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विपक्षीहरुले प्रदर्शनको नेतृत्व गरेका छन् । इजरायली रक्षा सेनाले गाजामा बन्धक बनाइका नागरिक इलाद कात्जिरको शव फेला पारेपछि इजरायली शहरहरुमा व्यापक प्रदर्शन भइरहेको छ ।
बन्धकको सुरक्षा र शीघ्र रिहाईका लागि सम्झौता गर्न सरकारलाई दवाब दिन प्रदर्शनको आयोजना गरिएको बताइएको छ । प्रदर्शनकारीहरुले मारिएका बन्धकसँग माफी माग्दै इजरायलमा तत्काल निर्वाचनको माग समेत गरेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
इजरायल प्यालेस्टायन युद्ध शुरु भएको आज ६ महिना पूरा भएको छ । सरकार विरोधी प्रदर्शनमा गाजामा बन्धक बनाइएकाहरुका परिवारका सदस्यहरु समेत सामेल भएका छन् । हमासले बन्धक बनाएका १ सय ३० बन्धकहरुलाई मुक्त गर्न सरकार असमर्थ भएको भन्दै प्रदर्शनकारीहरुले निराशा व्यक्त गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३०, शनिबार २०:०६गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३०, शनिबार १९:२७यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो ‘पेद्दी’
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३०, शनिबार १३:५२आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन









