गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान परिवर्तन गर्दै भिटो प्रयोग नगरेपछि प्रस्ताव पारित भएको हो ।
राष्ट्रसंघले सबै बन्धकहरुलाई तत्काल र बिना शर्त रिहाइको माग गरेको छ । परिषदले गतअक्टोबरमा युद्ध सुरु भएयता धेरै प्रयास गरेपनि युद्धविरामको आह्वान गरेको यो पहिलो पटक हो । प्रस्ताव पारित भएसँग विश्वभर यसको स्वागत गरिएको छ ।
अमेरिकाको यो कदमले गाजामा इजरायली आक्रमणलाई लिएर इजरायल र उसका सहयोगीबीच बढ्दो भिन्नताको सङ्केत गरेको छ । इजरायलले भने अमेरिकी कदमप्रति असन्तुष्टि व्यक्त गरेको छ । अमेरिकाले आफ्नो अडान त्यागेको र युद्धविरामलाई बन्धक रिहाइसँग प्रत्यक्ष रूपमा जोडेको इजरायली प्रतिक्रिया छ ।
गाजामा इजरायलले गरेको हमलामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र ७४ हजार बढी घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी हमास लडाकुले गरेको हमलामा इजरायलतर्फ करिव १२ सयजनाको मृत्यु भएको र ८ हजारभन्दा बढी घाइते भएको समाचार छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न









