विश्वकप छनौटमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं- विश्वकप छनौट अन्तर्गत अहिले बिहान सम्पन्न खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित हुन पुगेको छ । दश खेलाडीमा सीमित ब्राजिल अर्जेन्टिनासँग ०-१ गोलले पराजित भएको हो ।
ब्राजिलको यो लगातारको तेस्रो हारसँगै सात अंकसहित बटुल्दै विश्वकपमा छनौटमा समूहको छैटौं स्थानमा छ । उता अर्जेन्टिना भने १५ अंकसहित समूहको पहिलो स्थानमा रहेको छ ।
पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोलबाट अग्रता लिएको थियो ।
खेलको ८०औं मिनेटमा ब्राजिलियन खेलाडी जोइलिनटनले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित ब्राजिलले कुनैपनि गोल गर्न सकेन ।
त्यसैगरी आजै भएको अर्को खेलमा कोलम्बिया, इक्वेडर र उरुग्वेले जीत हात पारेका छन् । पेरु र भेनेजुएलाबीच भएको खेल भने एक-एक गोलको बराबरीमा रोकिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार ०८:५६सरकारले स्वास्थ्य बिमाको भुक्तानी नदिँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
समाचार२०८२ माघ १९, आईतवार ०७:१३आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
समाचार२०८२ माघ १९, आईतवार ०७:०८घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै








